Discover our philosophy and approach to yoga
श्रद्धेय योग गुरु आयुर्वेदाचार्य गिरिराज ज्युको जन्म वि.सं.२०३७ साल असार १० गते लुम्बिनी प्रदेश अन्तर्गत गुल्मी जिल्लाको अर्खले गाउँमा भएको हो। उहाँ पुजनीय पिता शालिकराम भट्टराई र माता उमकला भट्टराईको तेस्रो सन्तानको रुपमा एक मध्यम वर्गीय परिवारमा जन्मनु भएको हो। उहाँ मातापिताका ५ (पाँच) जना सन्तानहरु मध्ये माईला सन्तान (पुत्र) हुनुहुन्छ। उहाँ जन्मनु भन्दा पहिले नै हजुरआमा छबि कुमारी भट्टराईको निधन भईसकेको हुदा हजुरआमाको माया, ममता पाउन नसकेता पनि उहाँले हजुरबुवा भिमलाल भट्टराईको माया, स्नेह, आशिर्वाद र प्रेरणा एवम सानै उमेर देखि एकदमै अब्बल, तीक्ष्ण बुद्धि, सन्तोषी, ज्ञानी, सरल जिज्ञासा भएको हुनाले परिवारको मार्गदर्शन र मातापिताको उचित लालनपालन, रहनसहन र राम्रो संस्कार प्राप्त गर्न भएको हो। गुरु सबैभन्दा प्यारो सदस्यको रुपमा चिनिनुहन्थ्यो। सानै उमेर देखि सरल स्वाभावको सानालाई माया ठुलालाई आदर सम्मान गर्ने, सहिलाई सही र गलतलाई गलत भन्न सक्ने एक निडर, खानपानमा समेत एकदम सहज स्वाभावको हनुहन्थ्यो। पढाई लेखाई, खेलकुद तथा साहित्यमा रुचि राखे योग गुरु "हने विरुवाको चिल्लो पात" भने झै एक अनुशासित, मेहनती र अब्बल विद्यार्थीको रुपमा चिनिनुहुन्थ्यो। उहाँलाई सानै उमेर देखि झुटो बोल्ने व्यक्ति मन पर्दैनथ्यो। ईमान्दारीता नै उहाँको सर्वप्रिय थियो। विद्यालयका गुरु तथा गुरुआमाहरुको नजरमा उहाँ उदाहरणीय छात्रको रुपमा परिचित अर्खले गा.वि.स. वडा नं. ८ स्थित श्री भवगती निम्न माध्यमिक विद्यालय भाडगाउँमा पुरा भएको हुनुहन्थ्यो । उहाँको बाल्यकालको प्राथमिक शिक्षा (कक्षा १-५) सम्मको शिक्षा गुल्मी जिल्ला कै थियो भने कक्षा ६ देखि कक्षा १० सम्मको शिक्षा श्री महेन्द्र माध्यमिक विद्यालय तम्घास गुल्मीबाट पुरा गरी वि.सं. २०५४ सालमा एस.एल.सी. उत्तिर्ण गर्नुभएको थियो। गुल्मी जिल्लाबाट उहाँको परिवार सहित वि.सं. २०५४ सालमा वुटवलमा बसाईसराई गरी आउनुभयो र उहाँ सानै उमेरदेखि नै चिकित्सक पढ्ने सपना सजाउनु भएको थियो। सानै उमेरमा उहाँलाई ब्याध व्याधीको समस्या देखा पन्यो। नेपाल तथा भारत लगायत धेरै ठाउँमा उपचार गरे पनि आधुनिक चिकित्साबाट उपचार सम्भव नभएपछि भारतको दिल्लीको एक अस्पतालमा व्याध व्याधीको उपचार योगको माध्यमबाट हुन्छ भन्ने जानकारी प्राप्त भईसकेपछि त्यहाँ पुगेर योगक्ने मार्फत उपचार गरेपछि लगभग २ महिनापछि विस्तारै विस्तारै रोग निको हुँदै गयो। त्यसैको प्रेरणा स्वरुप उहाँलाई डाक्टर बनेर सेवा दिन सकिदोरहेछ, मैले पनि स्वास्थ्यको क्षेत्रमा केही गर्नुपर्छ भन्ने उत्प्रेरणा प्राप्त भयो।
डा. ढोलनदास अग्रवाल र सत्पाल गुरुवालका पुस्तक पढेर उहाँ के प्रेरणाबाट गुरुलाई स्वास्थ्य क्षेत्रमा योग र आयुर्वेद पढने थप हौसला र प्रेरणा मिलेको कारण डा. ढोलनदास र सत्पाल गुरुवाललाई आफ्नो गुरु मान्दै वि.सं. २०६४ (सन् २००६-२००८) गोरखपुरवाट NDYD (Doctor of Naturopathy, Doctor of Yoga) उत्तिर्ण गर्नु भएको थियो। जुन निकै पुरानो र माहात्मा गान्धीले समेत उपचार गरेको विद्यालय थियो। आयुर्वेद चिकित्सक तथा अग्रजहरु डा. वृद्धि प्रकाश रेग्मी, डा. प्रकाश ज्ञवाली, बासुदेव उपाध्याय, मदन बि.सि. लगायत अन्य चिकित्सकहरुको सल्लाह र सुझाव बमोजिम सन् २०१४ मा बाबा भिम राव अम्बेडकर विहार विश्वविद्यालय मुजफ्फरमा BAMS को भर्ना भई कोरोना महामारीले अस्तव्यस्त जीवन भएको प्रतिकुल समयको विषम परिस्थितिमा पनि नियमित रुपले सन् २०२२ मा परिक्षा पनि उत्तिर्ण गर्नुभयो। उहाँले हाल आयुर्वेद चिकित्सा शास्त्रबाट MD को रुपमा तयारी समेत गरिरहनु भएको छ।
विद्यार्थी जिवनको समय भारतमा पुरा गरिसके पश्चात आफ्नो समाज, देश र राष्ट्रको लागि स्वास्थ्य क्षेत्रमा केही गर्नै पर्छ भन्ने हुट-हुटिले अन्तर आत्मा देखि जन्मथलोलाई कर्मथलो बनाउने उद्देश्य स्वरुप नेपाल फर्किनुभयो। नेपालमा औषधि उपचार महँगो र उपचार गर्न भारत जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै पुन बुटवलबाट बसाई सरी बाँके जिल्ला नेपालगंज उप-महानगरपालिका वडा नं. २ मा वि.सं. २०५६ सालमा आई स्थायी बासिन्दाको रुपमा स्थापित हुनुभयो। वि.सं. २०६० साल फागुन २७ गते सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित माता तिल कुमारी उपाध्याय र पिता शालिग्राम उपाध्यायको एक मात्र सुपुत्री मन्दरा शर्मा (बिन्दु) सँग धुमधामका साथ मागी विवाह भई वैवाहिक जिवनमा बाँधिनुभयो। उहाँको एकमात्र सुपुत्र रिसर्च भट्टराईको मिति २०६२ भाद्र १९ गते र एक सुपुत्री ग्रिष्मा भट्टराईको मिति २०६९ जेष्ठ १९ गते जन्म भई दुई सन्तानहरु रहेका छन्। वि.सं. २०६७ साल देखि फेमिली आयुर्वेद तथा रिसर्च आयुर्वेद संचालन गरिरहनु भएको छ। भनिन्छ "पुरुषको सफलतामा पन्नि (महिला) को हात हुन्छ" भनेझै योग गुरुको सफलतामा अहोरात्र साथमा साथ र काँधमा काँध मिलाई प्रेरणा दिने उहाँकी धर्मपत्नी मन्दरा शर्माको पनि विशेष योगदान रहेको छ। उहाँ योग समिति नेपालको आजीवन सदस्य तथा योग समिति नेपालको परिकल्पना तथा स्थापना सम्म सदस्य तथा हाल कार्य समितिको सह-कोषाध्यक्ष समेत हुनुहुन्छ ।
योग गुरु आयुर्वेदाचार्य गिरिराज ज्युले आफूले पाएको शिक्षालाई जन-जनमा, मन-मनमा, घर-घरमा, टोल-टोल, नगर हुँदै जिल्ला र सिंगो राष्ट्र तथा अन्तर्राष्ट्रिय जगतसम्म योग शिक्षा मार्फत कम्तिमा ८ लाख घरपरिवारलाई जोडी स्वस्थ र निरोगी बनाई समृद्ध जीवनयापन गराउने दृढ अठोटका साथ योग समिति नेपालको परिकल्पनामा समर्पित हुनुभयो । यसरी योगको माध्यमबाट स्वस्थ र सबल बनाउने उद्देश्य बमोजिम उहाँले कम्तीमा आठ हजार (८,०००) योग प्रशिक्षकलाई प्रशिक्षक प्रशिक्षण दिने र बाँके जिल्लाबाट घर, टोल, वडा,पालिका, नगर, जिल्ला हुँदै प्रै नेपालको ७७ जिल्ला हुँदै अन्तर्राष्टिय स्तरमा नै योगमय बनाउने निर्माण गर्दै उहाँकै अध्यक्षतामा १३ सदस्य कार्य समितिको गठन गर्नुभयो । नेपालको संविधान अभिप्रायले वि.सं. २०७४ साल देखि नै योगको थालनी गरी वि.सं. २०७५ सालमा विधानको तथा सेवामुलक संस्थाको रुपमा योग समिति नेपाल नामको संस्था मिति २०७६ जेष्ठ १० गते दर्ता संस्था दर्ता ऐन २०३४ अनुसार बिधिवत रुपमा जिल्ला प्रशासन कार्यालय बाँकेमा गैर-नाफामुलक गर्नु भयो। त्यसै गरि नेपालगंज उप-महानगरपालिका र आन्तरिक राजश्व कार्यालय बाँकेमा समेत दर्ता गरी विधिवत रुपमा स्थायी लेखा नम्बर प्राप्त गर्नुभएको हो। यसरी जिल्ला प्रशासन कार्यालय र स्थानिय तहमा समेत दर्ता गरी विशद्ध रुपमा स्थानिय बासीहरुवाट संचालित यस क्षेत्र कै पहिलो संस्थाको रुपमा योग समिति नेपाललाई स्थपना गर्नु भएको हो। जसले नेपालको अखण्डता, सार्वभौमसत्ता, स्वतन्त्रतालाई ध्यानमा राखी मानिसको जीवनशैली, आहार बिहार, रहनसहन र नैतिक शिक्षा, योग, ध्यान, प्राणायामको माध्यमबाट समाजमा मानिसको आचरण र सोचमा परिवर्तन गराई स्थानिय तहमा नै स्वस्थ नागरिक बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ प्रस्तावना समेत तयार गरि बाँकेमा संस्था दर्ता गरि सकेपछि निःशुल्क र निस्वार्थ भावनाका साथ सर्वप्रथम बाँके आयुर्वेद स्वास्थ्य केन्द्रबाट शुरुवात गरी हालसम्म बाँके जिल्लामा ३७, बाहिरी जिल्लामा अन्तर्गत बर्दियामा-६ रुपन्देहीमा-१, नवलपरासीमा-१, सुर्खेतमा-१, जाजरकोटमा-१ गरी १० वटा केन्द्र र अन्तर्राष्ट्रिय योग केन्द्र भारतमा (रुपईडिहा) मा-१ योग केन्द्र गरीहालसम्म कुल जम्मा ४८ वटा योग केन्द्रको विस्तार गरिसक्नु भएको छ। यसरी योगको माध्यमबाट देश भरीकै सम्पुर्ण नागरिकरुलाई निःशुल्क रुपमा योग गराई स्वास्थ्य लाभ प्रदान गर्नको लागि दिनरात खटिई सामाजिक सेवामा होमिनु भएका योग गुरुले बाहिरी जिल्लामा समेत योग सिकाउने प्रशिक्षकको आवश्यकता महसुस गरी वि.सं. २०७६ सालबाट लगातार प्रत्येक साल प्रशिक्षकहरुलाई प्रशिक्षण दिईरहनु भएको छ। वि.सं. २०७६ देखि २०८१ सम्म ६ वर्षमा ३६३ जना प्रशिक्षक तयार गरी दिक्षान्त समेत गराईसक्नु भएको र हाल वि.सं. २०८२ सालमा मात्र २१२ जनालाई प्रशिक्षण गराईरहनु भएको छ र अब जम्मा प्रशिक्षकको संख्या पुगिसकेको छ। हाल योग गुरु आयुर्वेदाचार्य श्री गिरिराज ज्यूले विभिन्न योग केन्द्रहरुबाट सात हजार भन्दा बढी व्यक्तिहरुलाई योगको माध्यमबाट निःशुल्क रुपमा स्वास्थ्य लाग गराईसक्नु भएको छ र उहाँले आफ्नै पहलमा प्रत्येक योग केन्द्रहरुमा उहाँको प्रत्यक्ष उपस्थिति र मार्ग निर्देशनमा योग व्यवस्थापन गर्ने, आईपर्ने विभिन्न समस्याहरु, चुनौतीहरु सामाधान गर्न र वडाका योग अभ्यासीहरुलाई प्रेरित गर्ने योग व्यवस्थापन वडा स्तरिय समिति समेत गठन गरिसक्नु भएको छ। सामाजिक अभियन्ताको क्षेत्रमा उहाँ सर्वोत्कृष्ट सामाजिक अभियन्ता, योगका आधुनिक जन्मदाता, । सम्मानीत श्रद्धेय योग गुरु आयुर्वेदाचार्यको रुपमा सर्वव्यापी रुपमा चिरपरिचित हुनुहुन्छ।
योग समिति नेपाल स्थापना हुनु पूर्व आयुर्वेदिक औषधिको मार्केटिङ्ग म्यानेजर तथा डाईरेक्टरको रुपमा वि.सं. २०५६ देखि २०६१ सालसम्म आवद्ध हुनु भएको थियो। योग गुरु आयुर्वेदाचार्य गिरिराज ज्युले वि.सं. २०६१ साल देखि हालसम्म आफ्नै फेमिलि आयुर्वेद नेपाल तथा रिसर्च आयर्वेद समेत संचालन गरीरहनु भएको छ। वि.सं. २०६४ मा नेपाल प्राकृतिक चिकित्सक संघको केन्द्रिय तथा आजीवन सदस्य, वि.सं. २०६३ देखि २०७५ साल सम्म नेपाल आयुर्वेद औषधि व्यवसायी संघ भेरी कर्णालीको अध्यक्ष, नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघको केन्द्रिय सदस्य तथा वि.सं. २०७७ देखि हालसम्म आयुर्वेदिक औषधि व्यवसायी संघ लुम्विनी प्रदेशको संयोजक हुनुका साथै निम्न संस्थाहरुमा उहाँको योगदान एवंम आबद्धता रहेको छ। - फेमिली आयुर्वेद नेपाल नेपालगंज-संचालक तथा निर्देशक - हाडियाबाबा आश्रमको सल्लाहकारको रुपमा - योग समिति नेपालका परिकल्पनाकार - रिसर्च आयुर्वेद नेपालगंज- निर्देशक - विश्व आयुर्वेद परिषदको आजीवन सदस्य - IPSIT International को निर्देशक - आयुर्वेदिक औषधि ब्यबसायी संघ केन्द्रिय सदस्य - आयुर्वेदिक औषधि ब्यबसायी संघ लुम्बिनी प्रदेश-संयोजक - सन् २०१६ देखि २०१७ सम्म Lions Club of Mid West को president भई समाजमा विभिन्न संघसंस्थामा आवद्ध रही विविध पुरस्कार तथा विभुषण र कदरपत्र, सम्मानपत्रबाट सम्मानित हुदै आउनु भएको छ।
• मिति 2058।08।04 मा नेपाल आपाङ्ग असहाय संघद्धारा सम्मानित, • मिति 2059।09।25 मा विमा समितिबाट सम्मानित, • मिति 2060।10।14 मा जीवन विमा समितिबाट सम्मानिति, • इन्टरनेशनल द एशोसियसन अफ लायन्स क्लव 2073 सम्मानपत्र, • District Court Muzaffarpur India र Sessions Judges सन 2016।08।17 मा सम्मानित, • मिति 2075।03।25 मा नेपालगंज उप-महानगरपालिका द्धारा सम्मानपत्र, • सन् 2022 जुन 21 मा कसौधन वैश्य समाज द्धारा सम्मानपत्र, • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट योग अभ्यासी समूहबाट कदरपत्र 2075।10।02 • अवधि सांस्कृतिक प्रतिष्ठानबाट 2076।04।22 मा सम्मानपत्र, • गुल्मेली सेवा समाजबाट 2076।05।14सम्मानपत्र, • बाँके आयुर्वेद स्वास्थ्य केन्द्रबाट कदरपत्र 2076।10।06, • बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका योग अभ्यासीहरुबाट सम्मान पत्र 2077।03।21, • श्री जिल्ला प्रहरी कार्यालय बाँकेबाट कोभिडको बेलामा गरेको योगदान स्वरुप कदरपत्र, 2078 • नेपाल आयुर्वेद औषधि व्यवसाय संघ बाँकेबाट सम्मानपत्र, 2079 • मिति 2079।03।10 मा रेडक्रस सोसाइटी बाँके द्धारा सम्मानित, • Occasion of Ayurveda Parba Patna द्धारा सन् 2018 मार्च 17 मा सम्मानित, • नेपालगंज जनरल आयुर्वेद अस्पताल द्धारा वि.सं. 2081।01।07 मा सम्मानित, • तयारी कपडा, ब्याग, जुत्ता तथा खुद्रा व्यवसायी संघबाट मायाको चिनो र सम्मानपत्र 2080।01।30 • मिति 2080।02।05 मा निलसागर आश्रम द्धारा सम्मानित, • विश्व0 आयुर्वेद परिषदको आजीवन सदस्यता सन 2023।01।15, • लर्ड बुद्ध डिग्री कलेज उत्तर प्रदेश भारतबाट अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सन् 2023 जुन 21 मा सम्मानित, • मिति 2080।03।10 मा रेडक्रस सोसाईटी बाँके द्धारा सम्मानित, • मिति 2080 फागुन 12 गते ( तदानुसार सन 2024 फेब्रुअरी 24) भारत सरकार उत्तर प्रदेश पर्यटन संस्कृति विभाग द्धारा सम्मासनित, • राजस्थान औषधालय प्रा.लि. ईन्डिया द्धारा सम्मानित सन् 2023।10।03, • योग समिति नेपालका प्रथम ब्याज (18 जना) योग प्रशिक्षकहरु द्धारा 207६।११।१० गते सम्मानित, • योग समिति नेपालका तेस्रो ब्याज (३१ जना) योग प्रशिक्षकहरु द्धारा 2078।05।20 गते सम्मानित • योग समिति नेपालका चौथो ब्याज (45 जना) योग प्रशिक्षकहरु द्धारा 2079।05।१६ गते सम्मानित • योगसमिति नेपालका पाचौं ब्याज (112 जना) योग प्रशिक्षकहरु द्धारा मिति 2081।02।15 मा गणतन्त्र दिवसको अवसरमा सम्मानित, • बि.सं.२०८१ सालमा योग समिति नेपालका बिभिन्न केन्द्रहरु हडियाबाबा योग केन्द्र,कान्तीताल योग केन्द्र पुरैनी ,गोसाई गाउँ योग केन्द्र द्धारा सम्मानीत • मिति 2081।03।10 मा रेडक्रस सोसाईटी बाँके द्धारा सम्मानपत्र, • मिति 2081।04।06 गते गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण योगीमनहरु द्धारा सम्मानित। • संविधान दिवसको अवसरमा 2081।0६।०३ गते संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समिति बाँके-2081 द्धारा सम्मानपत्र प्रदान • मिति २०८१।११।०७ गते पर्यटन संस्कृति बिभाग व जिल्ला प्रशासनको संयुक्त आयोजनामा भारत रुपैडिहा लर्डबुद्ध पिजि कलेजमा आयोजित नेपाल भारत मैत्री महोत्सबमा सम्मान प्रदान • मिति २०८१।११।२० गते नेपाल चिकित्सक दिवस २०८१ तथा पद हस्तान्तरण समारोहमा नेपाल चिकित्सक संघ बाँके द्धारा सम्मान पत्र सहित सम्मान • योग समिति नेपालको नेपालगंज उप.महा.नपा.कार्यालयमा रहेको १२ नं. योग केन्द्रद्धारा मिति २०८१ चैत्र २५ गते सम्मानीत • मिति २०८१।१२।३० जानकी योग केन्द्रद्धारा सम्मानीत • मिति २०८१।१२।३० गते रेडिमेड तथा ब्याग ब्यबसायी संघ बाँकेद्धारा सम्मान पत्र सहित सम्मान • मिति २०८२।०२।०५ गते योग समिति नेपालको २९औं योग केन्द्र बारबर्दिया-८ औरी केन्द्रको बार्षिक उत्सब कार्यक्रममा सम्मान पत्र सहित सम्मान • मिति २०८२।०२।२४ गते बिश्व बाताबरण दिवसको उपलक्ष्यमा नेपालगंज उप.महा.नपा.का नगर प्रमुख प्रशान्त बिष्ट र प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी ज्युद्धारा सम्मानीत • मिति २०८२।०३।१४ योग प्रशिक्षकहरुको छैठौं ब्याज(१45 जना) योग प्रशिक्षकहरु द्धारा श्रद्धेय गुरु सहित अग्रज प्रशिक्षहरुलाई सम्मान पत्र सहित सम्मान • मिति 208२।0३।२6 गते गुरु पूर्णिमाको अवसरमा ४७ वटै योग केन्द्रबाट स्वस्फुर्त रुपमा उपस्थित करिब ५०० योगीमनहरु द्धारा सामुहिक रुपमा सम्मानित। • मिति २०८२।०६।०३ गते खजुरा गाउँपालिका वडा नं.-२ के गाउँ दुर्गा मन्दिरमा रहेको ३१ औं केन्द्रको प्रथम बार्षिकउत्सवको पावन अवसरमा सम्मान गरियो। • मिति २०८२।११।२९ गते खजुरा गाउँपालिका वडा नं.-२ मा रहेको वडा कार्यालय परिसरमा रहेको ३५ औं केन्द्रको प्रथम बार्षिकउत्सवको पावन अवसरमा सम्मान गरियो। • आयुर्वेद चिकित्सा परिषद नेपालद्धारा मिति २०८२।१२।३० गते लिएको लाईसेन्सिङ परिक्षामा उत्तिर्ण हुनु भएको पावन तथा सुखद उपलक्ष्यमा योग समिति नेपालको २४ औं योग केन्द्र हवल्दारपुरमा मिति २०८३।०१।१४ मा र अन्य बिभिन्न केन्द्रहरुद्धारा बैशाख महिनामा सम्मान तथा बधाई ज्ञापन गरियो। • मिति २०८३।०२।१३ गते बढैयाताल गाउँपालिका वडा नं.-८ नयाँ बस्तीमा रहेको ४० औं केन्द्रको प्रथम बार्षिकउत्सवको अवसरमा सम्मान गरियो। • मिति २०८३।०२।१५ गते बढैयाताल गाउँपालिका वडा नं.-८ सितला बजारमा रहेको ४१ औं केन्द्रको प्रथम बार्षिकउत्सवको अवसरमा सम्मान गरियो। • मिति २०८३।०२।२० गते खजुरा गाउँपालिका वडा नं.-२ सि गाउँमा रहेको ४३ औं केन्द्रको प्रथम बार्षिकउत्सवको अवसरमा सम्मान गरियो। • मिति २०८३।०२।२६ गते खजुरा गाउँपालिका वडा नं.-१ बहादुरपुर सैनिकमा रहेको ४५ औं केन्द्रको प्रथम बार्षिकउत्सवको अवसरमा सम्मान गरियो। • मिति २०८३।०३।०६ गते ४६ औं योग केन्द्र जानकी गाउँपालिका वडा नं.१ शिवपुरीको प्रथम बार्षिकउत्सबको पावन अवसरका उक्त केन्द्र तथा सोहि केन्द्रका प्रमुख संयोजक गिता थापाका भारतीय सेनामा कार्यरत पतीद्धारा सप्रेम पठाईएको सम्मान पत्रद्धारा सम्मान प्रदान गरियो। • मिति २०८३।०३।२७ गते सातौं ब्याज योग प्रशिक्षक द्धारा आयोजित आदरणीय योगगुरु,चिकित्सक तथा अग्रज प्रशिक्षक सम्मान कार्यक्रम सातौ ब्याजका २१२ जना योग प्रशिक्षकहरु द्धारा सामुहिक रुपमा सम्मान गरियो। • मिति २०८३।०४।१३ गते गुरुपुर्णिमा महोत्सवमा ६२ वटै योग केन्द्रबाट स्वस्फुर्त रुपमा उपस्थित करिब ४०० योगीमनहरु द्धारा सामुहिक रुपमा सम्मानित।
"हरेक घर एक प्रशिक्षक।" "योगले कुनै जात, धर्म, लिंग, बर्ग क्षेत्रसँग सम्बन्ध राख्दैन राख्दछ त केवल मानव जातीसँग।" "गुरुको साथमा हुदा यात्रा अन्नत लाग्दैन, आन्नद लाग्छ।" "शुद्ध आहार, शुद्ध बिचार, शुद्ध सोच, जीवनको आधार हो।" "गुरु त्यो होईन जसले ज्ञान दिन्छ,गुरु त्यो हो जसले तिमी भित्र रहेको ज्ञान उजागर गर्दछ।" "गुरुले गार्ग देखाउछन तर हिड्न त आफैलाई पर्छ।" "योग भनेको आजको सजगता हो,योग हिजोको पश्चाताप र भोलिको चिन्ता होईन।" "गुरु बिना गती हुन्छ तर दिशा हुदैन।" "गुरु बिनाको साधना दिशा होईन,यात्रा जस्तै हो।" "जहाँ जो सँग निश्वार्थ प्रेम,सदभाव,आदर समर्पण र सकारात्मक भाव मनमा हुन्छ, त्यहाँ गुरु हुनुहुन्छ।" "योग आफुमा भएका कमी कमजोरीलाई आत्मसात गर्दै सुधार गरी सकारात्मक सोचको साथ अगाडि हिड्ने अध्याय हो।" "गुरुको चरणमा झुकेको शिर कहिल्यै जीवनमा झुक्दैन।" "योग समय होईन, जीवनशैली हो।" "जसले आफ्नो मनबाट नकारात्मक सोच र कुन्ठा बदल्न सक्दैन उसले जीवनमा केही गर्न सक्दैन।" "योग शरिरको लचकता मात्रै होईन,योग जिवनको सजगता पनि हो।" "योग सन्तुलन हो शरिरमा ,मनमा,आत्ममा,सोचमा बिचारमा।" "गुरु पथ देखाउने र हर क्षण त्यो पथमा जागरण गराउछन्,गुरु बचन होईनन् अनुभुती हुन्।" "योग भनेको लचिलो शरिर मात्रै होईन,कोमल हिर्दय पनि हो।" "जहाँ शारिरीक श्रम र मानशिक बिश्राम सँगसँगै हुन्छ त्यो नै योग हो।" "जहाँ गुरु हुन्छन् त्यहाँ अज्ञानताको अन्धकार, नकारात्मक सोच धेरै दिन टेक्न सक्दैन।" "हामी सबै प्रेमपुर्वक बस्नु पर्छ,मिलेर बस्नु पर्छ,मिलेर बल्नु पर्छ,हिडनु पर्छ र सकारात्मक सचक बिकास गर्नुपर्छ।" "जहाँ श्वासमा जागरण हुन्छ त्यहाँ योगको आरम्भ हुन्छ।" " यदि तपाईको मस्तिष्क शान्त रहेन भने शरीर सधै अशान्त र नकारात्मक अनियन्त्रित रहन्छ।" "सकारात्मक सोचका तिमी,बदला लिएर होईन,बदलिएर देखाउ समाजमा धेरै फरक पाउने छौं ।" "योगमा प्रतिस्पर्धा,प्रतिशोध हुदैन,आत्मसाक्षत्कार,आत्म मनन,आत्मसमिक्षा र आत्म सुदृढिकरण हुन्छ।" "धैर्यता,नियमित अभ्यास र सकारात्मक सोचले नै योग सम्भव।" "मनलाई अनुशासित तथा सन्तुलित बनाउ, शरिर आफै स्वस्थ हुन्छ।" "श्रद्धा भनेको टिपेको फुल होईन,जो आज फुल्छ र भोली आईलाउछ।श्रद्धा भनेको दीपक हो,जो आँधी हुरी आए पनि जलिरहन्छ।" "यदि कुनै दिन तपाईको अपेक्षा पुरा नएन भने,गुनासो नगर्नु ! किनकी गुरुले तपाईलाई अवसर भन्दा ठुलो कुरा दिए स्वयंमलाई देख्ने दृष्टि।" "गुरुको माया ! अवसरको दिनमा मात्र होईन नि,तपाईको अन्धकारको रातमा पनि उस्तै उज्यालो हुन्छ।" " जहाँ श्वास सचेत हुन्छ त्यही ईश्वर प्रकट हुन्छ ।" " रोग शरिरमा होईन जीवनशैलीमा बस्छ।" " योगले cf}iflw खोज्दैन कारण खोज्छ ।" " शान्त मन नै सबैभन्दा ठुलो cf}iflw हो ।" " शरिरलाई सुन्न सिक आत्मा बोल्न थाल्छ।" " आयुर्वेद जीवनको बिज्ञान हो योग आत्मको।" " आजको सानो अभ्यास भोलिको ठूलो स्वास्थ्य हो।" " जहाँ अनुशासन छ त्यही सिद्धि बस्छ।" " योगले समय माग्दैन प्राथमिकता माग्छ।" " मन जित्न सकेपछी संसार जित्न सजिलो हुन्छ।" " स्वस्थ शरिर धर्मको पहिलो साधन हो।" " आसन भन्दा भावना शुद्ध भए योग सफल हुन्छ ।" " श्वासको लय मिल्यो भने जीवनको लय मिल्छ।" " गुरु कृपा बिना ज्ञान बोझ मात्र बन्छ।" " योगले उमेर होईन चेतना जवान बनाउछ।" " मौन पनि एक प्रकारको योग हो।" " आयुर्वेदले शरिर बचाउछ योगले जीवन।" " जहाँ अहंकार झर्छ त्यहीँ योग उक्लिन्छ।" " स्वास्थ्य धनमात्रै होईन जीवनको आधार हो।" " योग भनेको आफुलाई सम्झने प्रक्रिया हो।" " सन्तसलित जीवन नै सबैभन्दा ठूलो साधना हो।" " योगमा तुलना होईन अनुभव चाहिन्छ।" " आजको पसिनाले भोलीको पीडा बचाउँछ।" " योग अभ्यास होईन जीवनशैली हो।" " शुद्ध आहार आधा उपचार हो।" " गुरु भनेको अध्याँरोमा दियो हो।" " योगले डर होईन बिश्वास जन्माउँछ।" " स्वास्थ्य सेवा होईन संस्कार हो।" " मन शुद्ध भयो भने cf}iflw कम लाग्छ।" " योगले बाहिर होईन भित्र सुधार गर्छ।" " आजको संयम भोलिको शक्ती हो।" " गुरु चरणमा झुक्दा जीवन उक्लिन्छ।" " श्वास नै सबैभन्दा नजिकको गुरु हो।" " निरन्तरता नै योगको सफलता हो।" " योगले भाग्य होईन दृष्टी बदल्छ ।" "शरिर साधन हो लक्ष्य होईन ।" "गुरु वाणी अमृत जस्तै हो ।" " आज ध्यान गर भोली समाधन आउछ।" "योगले जीवन हल्का बनाउँछ ।" "आयुर्वेद प्रकृतिको प्रेम हो ।" " जहाँ श्वास छ त्यही शक्ती छ ।" " गुरु स्मरण नै सबैभन्दा ठुलो साधना हो।" " सन्तुलन नै स्वास्थ्यको सुत्र हो।" " योगले समय बढाउदैन जीवन बढाउछ।" " गुरु कृपा नै साधकको सुरक्षा हो ।" "गुरुको एक झल्कोले पनि जीवनको अन्धकार हटाएर आत्मामा प्रकाश जगाइदिन्छ।" " गुरु केवल व्यक्ति होइनन्, उनी चेतनाको त्यो दीप हुन् जसले शिष्यको आत्मा उज्यालो बनाउँछन्।" " जहाँ गुरुको चरणमा श्रद्धा झुक्छ, त्यहीँ जीवनले सही दिशा पाउँछ।" ४." गुरुको वाणी केवल शब्द होइन, त्यो आत्मा जागृत गराउने दिव्य स्पन्दन हो।" ५. "गुरुको स्मरण गर्दा मनमा आउने शान्ति नै साँचो साधनाको सुरुवात हो।" ६. "गुरुको सान्निध्यमा बस्दा आत्माले आफ्नो वास्तविक स्वरूप चिन्न थाल्छ।" ७. गुरुको आशीर्वाद जीवनको सबैभन्दा अमूल्य सम्पत्ति हो। ८. गुरु त्यो सूर्य हुन्, जसको प्रकाशले अज्ञानको घना बादल हटाउँछ। ९. गुरुको एक सानो उपदेशले पनि शिष्यको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। १०. गुरुको मार्गमा हिँड्ने कदमहरू कहिल्यै व्यर्थ हुँदैनन्। ११. गुरुको छायाँमा बसेको मन सधैं शान्त र उज्यालो रहन्छ। १२. गुरुको कृपाले थाकेको आत्मालाई नयाँ आशा र ऊर्जा मिल्छ। १३. गुरुको प्रेम शिष्यको जीवनलाई पवित्र यात्रामा बदल्ने शक्ति हो। १४. गुरुको दर्शनले मनमा विश्वास र भक्ति गहिरो बनाउँछ। १५. गुरुको मार्गदर्शनले भ्रमित जीवनलाई स्पष्ट लक्ष्य दिन्छ। १६. गुरुको चरणमा बसेको क्षण पनि हजारौं पुस्तक पढे बराबर ज्ञान दिन सक्छ। १७. गुरुको एक नजरले पनि शिष्यको मनभित्र सुप्त चेतना जाग्न सक्छ। १८. गुरुको स्मरण मात्रले पनि कठिन समय सजिलो बन्न थाल्छ। १९. गुरु त्यो शक्ति हुन्, जसले शिष्यलाई आफ्नो वास्तविक सम्भावना देखाउँछन्। २०. गुरुको आशीर्वादले जीवनका सबै आँधीहरू पार गर्न साहस दिन्छ। २१. गुरुको वाणी आत्मालाई जागृत गर्ने अमृत झैँ हुन्छ। २२. गुरुको मार्गदर्शनले मन, बुद्धि र आत्मालाई एउटै दिशा दिन्छ। २३. गुरुको चरणमा समर्पण नै साँचो योग साधनाको पहिलो पाइला हो। २४. गुरुको स्मरणले मनभित्र लुकेको दिव्य प्रकाश प्रकट हुन्छ। २५. गुरुको प्रेमले जीवनका सबै डरहरू हटाइदिन्छ। ২৬. गुरुको एक शब्दले पनि निराश मनमा आशाको नयाँ बिहान ल्याउन सक्छ। २७. गुरुको छायाँमा बसेको जीवन कहिल्यै अँध्यारो हुँदैन। २८. गुरुको कृपाले साधारण मानिस पनि असाधारण बन्न सक्छ। २९. गुरुको शिक्षा जीवनको सबैभन्दा पवित्र धन हो। ३०. गुरुको स्मरणले मन, वचन र कर्मलाई शुद्ध बनाउँछ। ३१. गुरुको मार्गमा हिँड्दा प्रत्येक कदम साधना बन्छ। ३२. गुरुको दर्शन आत्मालाई आनन्दले भरिदिन्छ। ३३. गुरुको वाणीले जीवनलाई अर्थपूर्ण र पवित्र बनाउँछ। ३४. गुरुको चरणमा समर्पण गर्ने शिष्य कहिल्यै हराउँदैन। ३५. गुरुको कृपाले जीवनको हराएको विश्वास फेरि जाग्छ। ३६. गुरुको सान्निध्य आत्माको लागि परम आश्रय हो। ३७. गुरुको प्रेमले शिष्यको मनलाई भक्ति र शान्तिले भरिदिन्छ। ३८. गुरुको आशीर्वादले असम्भव पनि सम्भव बन्ने बाटो खोल्छ। ३९. गुरुको स्मरणले आत्मामा दिव्य आनन्दको अनुभूति गराउँछ। ४०. "गुरुको चरणमा समर्पित जीवन नै साँचो योग, साँचो ज्ञान र साँचो मुक्ति हो।" "गुरुको एक झल्कोले पनि जीवनको अन्धकार हटाएर आत्मामा प्रकाश जगाइदिन्छ।" "गुरु केवल व्यक्ति होइनन्, उनी चेतनाको त्यो दीप हुन् जसले शिष्यको आत्मा उज्यालो बनाउँछन्।" " जहाँ गुरुको चरणमा श्रद्धा झुक्छ, त्यहीँ जीवनले सही दिशा पाउँछ।" " गुरुको वाणी केवल शब्द होइन, त्यो आत्मा जागृत गराउने दिव्य स्पन्दन हो।" "गुरुको स्मरण गर्दा मनमा आउने शान्ति नै साँचो साधनाको सुरुवात हो।" "गुरुको सान्निध्यमा बस्दा आत्माले आफ्नो वास्तविक स्वरूप चिन्न थाल्छ।" " गुरुको आशीर्वाद जीवनको सबैभन्दा अमूल्य सम्पत्ति हो।" " गुरु त्यो सूर्य हुन्, जसको प्रकाशले अज्ञानको घना बादल हटाउँछ।" " गुरुको एक सानो उपदेशले पनि शिष्यको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।" " गुरुको मार्गमा हिँड्ने कदमहरू कहिल्यै व्यर्थ हुँदैनन्। " " गुरुको छायाँमा बसेको मन सधैं शान्त र उज्यालो रहन्छ।" " गुरुको कृपाले थाकेको आत्मालाई नयाँ आशा र ऊर्जा मिल्छ।" " गुरुको प्रेम शिष्यको जीवनलाई पवित्र यात्रामा बदल्ने शक्ति हो।" " गुरुको दर्शनले मनमा विश्वास र भक्ति गहिरो बनाउँछ।" " गुरुको मार्गदर्शनले भ्रमित जीवनलाई स्पष्ट लक्ष्य दिन्छ। " " गुरुको चरणमा बसेको क्षण पनि हजारौं पुस्तक पढे बराबर ज्ञान दिन सक्छ। " गुरुको एक नजरले पनि शिष्यको मनभित्र सुप्त चेतना जाग्न सक्छ। " " गुरुको स्मरण मात्रले पनि कठिन समय सजिलो बन्न थाल्छ।" " गुरु त्यो शक्ति हुन्, जसले शिष्यलाई आफ्नो वास्तविक सम्भावना देखाउँछन्।" " गुरुको आशीर्वादले जीवनका सबै आँधीहरू पार गर्न साहस दिन्छ। " " गुरुको वाणी आत्मालाई जागृत गर्ने अमृत झैँ हुन्छ। " " गुरुको मार्गदर्शनले मन, बुद्धि र आत्मालाई एउटै दिशा दिन्छ।" " गुरुको चरणमा समर्पण नै साँचो योग साधनाको पहिलो पाइला हो। " " गुरुको स्मरणले मनभित्र लुकेको दिव्य प्रकाश प्रकट हुन्छ।" " गुरुको प्रेमले जीवनका सबै डरहरू हटाइदिन्छ।" " गुरुको एक शब्दले पनि निराश मनमा आशाको नयाँ बिहान ल्याउन सक्छ। " " गुरुको छायाँमा बसेको जीवन कहिल्यै अँध्यारो हुँदैन।" " गुरुको कृपाले साधारण मानिस पनि असाधारण बन्न सक्छ।" " गुरुको शिक्षा जीवनको सबैभन्दा पवित्र धन हो।" " गुरुको स्मरणले मन, वचन र कर्मलाई शुद्ध बनाउँछ। " " गुरुको मार्गमा हिँड्दा प्रत्येक कदम साधना बन्छ।" " गुरुको दर्शन आत्मालाई आनन्दले भरिदिन्छ।" " गुरुको वाणीले जीवनलाई अर्थपूर्ण र पवित्र बनाउँछ।" " गुरुको चरणमा समर्पण गर्ने शिष्य कहिल्यै हराउँदैन। " " गुरुको कृपाले जीवनको हराएको विश्वास फेरि जाग्छ। " " गुरुको सान्निध्य आत्माको लागि परम आश्रय हो। " " गुरुको प्रेमले शिष्यको मनलाई भक्ति र शान्तिले भरिदिन्छ।" " गुरुको आशीर्वादले असम्भव पनि सम्भव बन्ने बाटो खोल्छ। " " गुरुको स्मरणले आत्मामा दिव्य आनन्दको अनुभूति गराउँछ। " "गुरुको चरणमा समर्पित जीवन नै साँचो योग, साँचो ज्ञान र साँचो मुक्ति हो।" " गुरुको प्रेमले शिष्यको मनलाई भक्ति र शान्तिले भरिदिन्छ।" " गुरुको आशीर्वादले असम्भव पनि सम्भव बन्ने बाटो खोल्छ। " " गुरुको स्मरणले आत्मामा दिव्य आनन्दको अनुभूति गराउँछ। " "गुरुको चरणमा समर्पित जीवन नै साँचो योग, साँचो ज्ञान र साँचो मुक्ति हो।" “आजको एक सानो योग अभ्यास, भोलिको ठूलो परिवर्तनको सुरुवात हो।” “श्वासलाई सम्हाल, जीवन आफैं सम्हालिन्छ—आजै योग गर।” “मन थाकेको बेला विश्राम होइन, योग नै औषधि हो।” “आफ्नो लागि समय निकाल—योगमा बसेर आफूलाई भेट।” “हरेक आसनमा शरीर मात्र होइन, आत्मा पनि विस्तार हुन्छ।” “आज अलि मात्र गर, तर निरन्तर गर—त्यही नै योगको शक्ति हो।” “जहाँ ध्यान छ, त्यहीँ ऊर्जा बग्छ—योगले ध्यानलाई सही दिशा दिन्छ।” “दैनिक योग, जीवनको सबैभन्दा सस्तो र प्रभावकारी उपचार हो।” “बाहिरको संसार जित्नु अघि, भित्रको मन जित—योग गर।” “थाकेको शरीरलाई होइन, अल्छी मनलाई जित्न योग गर।” “शान्ति खोज्न बाहिर नजाउ, योगमा बस—त्यहीँ भेटिन्छ।” “एक गहिरो श्वासले पनि जीवन बदल्न सक्छ—आज अभ्यास गर।” “योग भनेको शरीरको भाषा हो, जसले आत्मासँग कुरा गर्छ।” “आज सुरु गर, पूर्ण हुन जरुरी छैन—निरन्तर हुन जरुरी छ।” “मनलाई आदेश देऊ—‘आज योग गर्छु’, अनि चमत्कार हेर्दै जाऊ।” “योगमा बितेको समय कहिल्यै खेर जाँदैन, यो जीवनमा जोडिन्छ।” “शरीरको लचकता मात्र होइन, सोचको लचकता पनि योगले दिन्छ।” “दिनको सुरुवात योगबाट गर, दिन आफैं सुन्दर बन्छ।” “आफ्नो श्वाससँग मित्रता गर—योगले त्यो सम्बन्ध जोड्छ।” “आजको पसिना, भोलिको स्वास्थ्य हो—योग गर।” “मन भड्किँदा फोन होइन, योगतर्फ फर्क।” “थोरै समय योगमा लगानी गर, जीवनभर लाभ उठाउ।” “आफूलाई माया गर्ने सबैभन्दा राम्रो तरिका—दैनिक योग।” “शरीरलाई सुन्न सिक—योगले त्यसै सिकाउँछ।” “मनको भारीपनलाई हल्का बनाउन योग नै सजिलो बाटो हो।” “आज योग गर्यौ भने, तिमी भित्रको उज्यालो अझ बढ्छ।” “दैनिक योग, सफल र सन्तुलित जीवनको आधार हो।” नियमीत योग गर अनि अनुभव गर, तिमी कति शक्तिशाली छौं। योगले शरिरलाई मात्र होईन,जीवनलाई पनि परिवर्तन गर्छ। जसले आफुलाई जित्न सिकाउँछ, उही साँचो गुरु हो। ज्ञान केवल किताबमा होईन, गुरुको जीवनमा पनि भेटिन्छ। गुरुको सम्मान गर्ने हृदय कहिल्यै खाली रहँदैन। अन्धकार हटाउन सूर्य चाहिन्छ, जीवन बदल्न गुरु चाहिन्छ। जहाँ संस्कार हुन्छ, त्यहीँ गुरुको प्रभाव देखिन्छ। गुरुको मार्ग कठिन देखिए पनि अन्त्य सुन्दर हुन्छ। साँचो शिक्षा शब्दले होइन, व्यवहारले दिइन्छ। जीवनमा दिशा हराउँदा गुरुको सम्झना नै बाटो बन्छ। गुरुको नजिक पुगेपछि अहंकार होइन, विनम्रता बढ्न थाल्छ। राम्रो गुरु भेट्नु भाग्य हो, चिन्न सक्नु बुद्धि हो। मनलाई शान्त बनाउने शक्ति ज्ञानभन्दा पनि गुरु भावमा हुन्छ। जसले सेवा सिकायो, उसैले जीवनको सार सिकायो। गुरुको प्रेरणाले डराएको मनमा पनि साहस जन्मिन्छ। केवल सफल होइन, असल बन्न सिकाउने नै गुरु हुन्। जीवनमा सबै कुरा हराए पनि संस्कार बाँकी रह्यो भने धेरै बाँकी छ। गुरुको वचन समयसँगै अझ गहिरो अर्थ दिन थाल्छ। साँचो गुरु त्यो हो, जसले अनुयायी होइन, उज्यालो मानिस तयार गर्छ। आत्मविश्वास जाग्ने ठाउँ नै वास्तविक शिक्षा हो। गुरुको साथमा बितेको समय जीवनकै अमूल्य धन हो। ज्ञानले बुद्धि खोल्छ, गुरु भावले हृदय खोल्छ। गुरुको सम्मान गर्ने संस्कृतिले नै सभ्य समाज निर्माण गर्छ। परिवर्तन बाहिर होइन, चेतनाबाट सुरु हुन्छ। गुरुको मार्गमा धैर्य राख्नेले नै गन्तव्य भेट्छ। जीवनको सबैभन्दा ठूलो शक्ति सकारात्मक सोच हो। जसले अरूलाई उठ्न सिकाउँछ, ऊ स्वयं महान हुन्छ। गुरुको प्रेरणाले सामान्य दिन पनि विशेष बन्न सक्छ। शान्त मनमै सही निर्णय जन्मिन्छ। साँचो शिक्षा त्यो हो, जसले मानवता बढाउँछ। सम्मान दिन जान्ने व्यक्ति कहिल्यै सानो हुँदैन। गुरुको प्रकाश पुगेको ठाउँमा निराशाले टिक्न सक्दैन। गुरुवाणी "गुरुको प्रकाश पुगेको ठाँउमा निराशाले टिक्न सक्दैन।" "शरिरलाई बलियो बनाउने योग हो तर आत्मालाई उज्यालो बनाउने साधना हो।" "जुन दिन आफुलाई जित्न सकिन्छ, तेही दिन संसार जित्ने यात्रा सुरु हुन्छ।" "मन अशान्त हुँदा संसार गलत देखिन्छ, मन शान्त हुदा संसार सुन्दर देखिन्छ । " "योग केवल आसन होईन, जीवनलाई सहि दिशामा डोर्याउने कला हो। " " आफु भित्रको प्रकाश चिन्नेले बाहिरको अन्धकारसँग कहिल्यै डराउँदैन।" " स्वास्थ्य धन भन्दा ठूलो सम्पत्ति हो, त्यसको रक्षा योगबाट सम्भव छ। " "अहंकारले दुरी बढाँउछ, बिनंम्रताले हृदय जोडछ। " " हरेक बिहान नयाँ अवसर हो, आफूलाई अझ राम्रो बनाउने। " " साँचो साधकले अरुलाई बदल्न खोज्दैन, आफूलाई सुधार्न प्रयास गर्छ। " " जहाँ अनुशासन हुन्छ, त्यहाँ सफलता आफैं उपस्थित हुन्छ। " "योगको यात्रा शरिरबाट सुरु हुन्छ र आत्मसम्म पुगेर पुर्ण हुन्छ। " " मनलाई नियन्त्रण गर्न सक्ने ब्यक्ती परिस्थितिको दास होईन, स्वामी बन्छ। " "सकारात्मक सोच आत्माको औषधि हो। " "समयको सम्मान गर्नेले जीवनको सम्मान गरेको हुन्छ। " "योगले रोग मात्र हटाउँदैन, जीवनको सम्मान गरेको हुन्छ। " " क्षमा गर्न सक्नु कमजोरी होईन, महानताको चिन्ह हो। " "साधनामा निरन्तरता छ भने असम्भव भन्ने शब्द हराउँछ। " " बाहिरी सुन्दरता क्षणिक हो, भित्री सुन्दरता अमर हुन्छ। " " शान्त मनभन्दा ठुलो आश्रय संसारमा अर्को छैन। " "सेवा र साधना जीवनका दुई पखेटा हुन। " "आशा जीवित छ भने हरेक अन्धकार पछी उज्यालो आउँछ। " " योगीको पहिचान उसको भेषभुषाले होईन ब्यवहारले हुन्छ। " " मनलाई सकारात्मक बनाउनु नै जीवनको सबैभन्दा ठूलो उपचार हो। " "जसले आफ्नो श्वासलाई बुझ्छ, उसले जीवनलाई बुझ्न थाल्छ। " "गन्तब्य भन्दा पनि यात्रा पबित्र बनाउनु आवश्यक छ। " "दुखलाई शिक्षक र संघर्षलाई अवसर बनाउन सिक्नुहोस्। " "साँचो सफलता भनेको स्वस्थ शरिर, शान्त मन र सन्तुष्ट आत्मा हो। " " योगको अभ्यासले उमेर बढ्दैन, जीवनमा उर्जा बढ्छ। " " आफ्नो कर्तब्यलाई पुजा सम्झेर गर्ने ब्यक्ती कहिल्यै पराजित हुदैन। " "गुरुको शिक्षा तब सफल हुन्छ जब शिष्यले त्यसलाई जीवनमा लागु गर्छ। " मन जित्नेले संसार जित्छ। हरेक दिन आफैँलाई अझ राम्रो बनाऊ। योगले शरीरभन्दा पहिले चेतनालाई जागृत गर्छ। स्वास्थ्यको मूल्य रोगले सिकाउँछ। विनम्रता महान व्यक्तित्वको आभूषण हो। असल कर्म कहिल्यै व्यर्थ जाँदैन। विश्वास जीवनको सबैभन्दा बलियो आधार हो। सकारात्मक ऊर्जा नै सफलताको चुम्बक हो। जहाँ प्रेम हुन्छ, त्यहाँ शान्ति आफैँ आउँछ। संयम नै चरित्रको वास्तविक शक्ति हो। हरेक चुनौतीले नयाँ शिक्षा दिन्छ। श्वासलाई चिन्नेले जीवनलाई चिन्छ। मन पवित्र भए बाटो आफैँ खुल्छ। आत्मसम्मान कहिल्यै बेच्नु हुँदैन। परिवर्तनको सुरुवात आफ्नै सोचबाट हुन्छ। जीवनको सबैभन्दा ठूलो औषधि सन्तुष्टि हो। निःस्वार्थ सेवा कहिल्यै सानो हुँदैन। धैर्यले समयलाई पनि आफ्नो पक्षमा ल्याउँछ। मौनले धेरै प्रश्नको उत्तर दिन्छ। योगले शरीर होइन, जीवनको दिशा बदल्छ। सरलता नै उच्चताको परिचय हो। मुस्कुराउने मन सधैं जवान रहन्छ। सत्यको बाटो ढिलो हुन सक्छ, गलत हुँदैन। प्रकृतिले दिएको जीवनलाई सम्मान गर। आफूलाई चिन्नु नै सबैभन्दा ठूलो शिक्षा हो। सद्भाव फैलाउने हात नै पवित्र हात हो। लोभले सुख घटाउँछ, त्यागले शान्ति बढाउँछ। सफलता भन्दा सार्थकता ठूलो उपलब्धि हो। असल बानी नै उज्यालो भविष्यको साथी हो। स्वस्थ शरीरमा उज्यालो सोच बस्छ। नम्र हृदय सधैं सबैको प्रिय हुन्छ। "ज्ञानको उज्यालोले अज्ञानको अन्धकार हटाउँछ।" "कर्ममा इमानदारी नै सबैभन्दा ठूलो पूजा हो।" "प्रत्येक बिहान नयाँ सम्भावनाको निमन्त्रणा हो।" "जीवनलाई प्रेम गर, जीवनले तिमीलाई मुस्कान दिन्छ।" "आशावादी मन कहिल्यै थाक्दैन।" "आत्मबल भएको व्यक्ति परिस्थितिसँग हार्दैन।" "शान्त मनले सही निर्णय गर्छ।" "योग, सेवा र सदाचार यही सफल जीवनका तीन आधार हुन।" ध्यानले आत्मज्ञानको ढोका खोल्छ। आफूलाई बदल्ने साहस गर्नुहोस्, संसार बदलिएको देख्नुहुनेछ। स्वास्थ्य जोगाउनुहोस्, किनकि स्वस्थ जीवनभन्दा ठूलो सम्पत्ति अर्को छैन। मन शान्त भयो भने, कठिन परिस्थितिमा पनि सही बाटो देखिन्छ। आजको राम्रो कर्म नै भोलिको सुन्दर भाग्य हो। योगलाई अभ्यास मात्र होइन, जीवन जिउने कला बनाउनुहोस्। अरूलाई जित्नुभन्दा पहिले आफ्नै कमजोरीमाथि विजय प्राप्त गर्नुहोस्। मीठो बोलीले त्यही ढोका खोल्छ, जुन बलले कहिल्यै खोल्न सक्दैन। अनुशासन सानो हुन्छ, तर त्यसले जीवनमा ठूलो परिवर्तन ल्याउँछ। प्रकृतिको सम्मान गर्नुहोस्, प्रकृतिले नै हाम्रो जीवन धानेको छ। रिसको क्षणमा मौन बस्नु नै बुद्धिमानीको पहिलो परीक्षा हो। सेवा गर्न ठूलो अवसर चाहिँदैन, ठूलो हृदय भए पुग्छ। आफूलाई अरूसँग होइन, हिजोको आफूभन्दा राम्रो बनाउने प्रयास गर्नुहोस्। समयलाई सम्मान गर्ने मानिसले आफ्नो जीवनलाई सम्मान गरेको हुन्छ। राम्रो संगतले जीवनको दिशा बदल्न सक्छ, त्यसैले संगत सोचेर रोज्नुहोस्। शरीरले दिएको सानो संकेतलाई बेवास्ता नगर्नुहोस्, स्वास्थ्य सचेतनाबाट जोगिन्छ। ज्ञानले मानिसलाई ठूलो होइन, विनम्र बनायो भने मात्र सार्थक हुन्छ। कृतज्ञ मनले थोरैमा पनि जीवनको ठूलो सुख भेट्छ। कठिनाइलाई शत्रु नसम्झनुहोस्, यसले तपाईंको लुकेको शक्ति चिनाउन सक्छ। परिवारमा प्रेम र सम्मान भयो भने घर नै पहिलो तीर्थ बन्छ। राम्रो बानीको निरन्तरता नै सफल जीवनको वास्तविक रहस्य हो। अरूलाई क्षमा गर्नुहोस्, ताकि तपाईंको मन विगतको बोझबाट मुक्त होस्। सरल जीवन, शुद्ध विचार र सन्तुलित व्यवहार नै वास्तविक समृद्धि हो। शरीरलाई चलायमान र मनलाई सकारात्मक राख्नुहोस्, जीवन आफैँ ऊर्जावान बन्छ। मौनमा बसेर आफूलाई सुन्न सिक्नुहोस्, धेरै उत्तर आफ्नै भित्र भेटिन्छन्। सम्मान मागेर होइन, अरूलाई सम्मान दिएर कमाइन्छ। आजलाई सही बनाउने प्रयास गर्नुहोस्, भविष्य आफैँ सही दिशामा जानेछ। लोभ घटाउँदै गएपछि जीवनमा सन्तोष बढ्दै जान्छ। सत्यको बाटो ढिलो हुन सक्छ, तर त्यसले मनमा शान्ति अवश्य दिन्छ। हरेक बिहान नयाँ अवसर हो—हिजोको गल्ती होइन, आजको सम्भावना हेर्नुहोस्।